कर्णाली – कर्णाली प्रदेश सरकारमा रहेका खनाल–नेपाल समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।