काठमाडौं – गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सङ्घीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले सङ्घीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

मुख्यमन्त्री गुरुङका अनुसार–भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि सङ्घीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ ।‘सङ्घीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उहाँले सङ्घीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले सङ्घीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताउनुभयो । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

सम्बोधनको सुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताउनुभयो । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उहाँले बताउनुभयो । तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै नेता पृथ्वीसुब्बा गुरुङले ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’