काठमाडौं – चलचित्र बिकास बोर्डले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई नेपाल चलचित्र कलाकार सङ्घ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार सङ्घ युके शाखाको तर्फबाट सहयोग प्रदान गरिएको छ । कोषलाई केन्द्रीय कार्यालयको तर्फबाट ३०,००० र युके शाखाको तर्फबाट २५,००० सहयोग प्रदान गरिएको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्का र शाखा युकेका उपाध्यक्ष सुरेशराज पाठकले चलचित्र बिकास बोर्डमा पुगेर बोर्ड अध्यक्ष दयाराम दाहाललाई कोषका लागि रकम प्रदान गर्नुभएको छ । बिपद ब्यबस्थापन कोषलाई सञ्चारकर्मी स्वतन्त्र महर्जन र मोहन निरौलाले पनि आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गरर्नुभएको छ ।
उक्त अवसरमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालले भर्खरै गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सक्रिय बनाउन कलाकार संघले रकम प्रदान गरेको आभार ब्यक्त गर्नुभयो । दाहालले कोषका लागि बोर्डले पनि यसै बर्ष केही रकम निकासा गर्ने बताउनुभएको छ ।

चलचित्रकर्मीलाई प्राकृतिक र अन्य कारणबाट बिपद पर्दा यो कोषबाट सहयोग हुने गरी चलचित्रका वर्गीय संस्थाहरूको सहभागितामा यो कोष चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको सक्रियतामा हालै मात्र गठन गरिएको हो । कोषमा चलचित्रका पेशागत संस्थाहरूको प्रतिनिधित्व रहेको संचालक समिति गठन गरिएको छ ।