युरो कप फुटबल अन्तगर्तत गए राति भएको खेलमा नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गरेको गरेको छ । उसले अस्ट्रियामाथि २–० गोलको जित निकाल्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोलको साझेदारी गरे । खेलको ११ औं मिनेटमा नेदरल्याण्ड्सका लावि मेम्फिस डिपेले पेनाल्टीमार्फत् गोल गरे भने डेञ्जल डम्फ्रिइजले ६७ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको लागि दुई गोलको अग्रता दिलाए । यो जितसँगै नेदरल्याण्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम बनेको छ । नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । उसले ६ अङ्क सहित नकआउट चरणको खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।