ब्राजिल– कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै ब्राजिल लगातार दोस्रो जित निकालेर क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार अहिले बिहान पौने ६ बजे सुरुभएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलको अन्तरले हराएको हो । खेल सुरु भएकोे एक मिनेटमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि एलेक्स सान्ड्रो, नेइमार, एभर्टन र रिचार्लीसनले एक÷एक गोलको साझेदारी गरेका थिए ।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै समूह बी अन्तर्गत नै भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्राजिल कोपा अमेरिका फुटबलको दावेदार टिम हो ।