वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ ।

स्थानीय सडक किनारामा मृत अवस्थामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान भइरहेको बारा जिल्ला प्रहरीले जनाएको छ । मृतक युवकको शरिरमा निलडाम देखिएकोले उनलाई कुटपिट गरी कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले बताएको छ ।