काठमाडौं – मनसुन सक्रिय भएसँग देशको विभिन्न स्थानमा ठाउँमा अहिले पनि पानी परिरहेको जल तथा मौसम विज्ञानले जनाएको छ । आज वपन देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ भने गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज पनि देशभर मनसुनी वायुको प्रभावले गर्दा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, लुम्बिनी र गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएका छन् । धन जनको क्षति हुन पुगेको छ । आज र बागमती, गण्डकी, लुम्बिनी प्रदेश प्रदेशका केही भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।