एजेन्सी
युरोकप फुटबलमा जर्मन फ्रान्ससँग आफ्नै कारणले पराजित बन्न पुगेको छ । जर्मनी टिमका पम्याट्स हमेल्सले बल बचाउने क्रममा आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मन टोली पराजित हुन पुगेको हो । युरोकपको इतिहासमा सम्भवत जर्मनीले पहिलो खेलमै पराजय भोग्नु परेको यो पहिलो हो । म्युनिखस्थित एलिनाज एरिनामा भएको खेलमा विपक्षी टिमको उपहार गोल पाएकैले फ्रान्स १–० ले विजयी बन्न पुगेको छ ।
खेलमा लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा बल आफ्नै गोलपोस्टमा भित्रिन पुग्यो र फ्रान्स विजयउन्मुख भयो । निकै प्रतिस्पधात्मक खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा फ्रान्सले दुईपटक बललाई जाली चुमाएपनि ती दुबै अफसाइड सावित भए ।

यसै प्रतियोगिताअन्तर्गत यही समूहको अर्को खेलमा पोर्चुगलले हङ्गेरीलाई ३–० ले हराउँदा पोर्चुगेली टिमका कप्तान क्रिष्ट्रियानो रोनाल्डोले दुई र राफायल गुरेरोले एक गोलको साझेदारी गरेका थिए । पोर्चुगल गत संस्करणको विजेता टोली हो ।