विराटनगर – प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बूले आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षमा साढे ३ प्रतशिको आर्थिक वृद्धिको लक्ष्य रहेको बताउनु भएको हो ।

उहाँले कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण आर्थिक वृद्धिदर घट्नसक्ने बताउनुभयो । केन्द्र सरकारले चालु वर्षमा देशको आर्थिक वृद्धिदर ४ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेकोमा विश्व बकैंकले भने २.७ प्रतिशतसम्मको आर्थक वृद्धिको प्रक्षेपण गरेको छ ।