ब्राजिल– कोपा अमेरिकी फुलबलमा अर्जेन्टिनाले आफ्नो पहिलो खेल बराबरी मै चित्त बुझाएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलिसँग १–१ गोलको बराबरी खेल्यो । कोपाको ४७ औं सस्करण यतिबेला ब्राजिलमा जारी छ । उक्त प्रतियोगिता अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले ३३ औं मिनेटमा फ्रि–किक मार्फत् सुन्दर गोल गरे । एक गोलले पछि परेको चिलीका लागि ५७ औं मिनेटमा पाएको पेनाल्टीलाई अटुरो भिडालले सदुपयोग गर्न नसके पनि खेलको केही समय पछि चिलीका लागि एडुआर्डो भार्गासले हेड मार्फत् गोल गर्दै खेलमा फर्काए थिए ।


अर्जेन्टिनी लियोनल मेस्सीले अहिलेसम्म आफ्नो देशको लागि कुनै पदक दिलाउन नसके पनि अहिलेसम्म ७३ गोल गरेका छन् । कोपा अमेरिकाको ४७ औं संस्करण कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको हो । अजेन्टिनामा आयोजना गर्न लागिएको कोपा अमेरिकी फुटबल प्रतियोगिता कोरोना भाइरसको महामारीले गर्दा केही दिन पहिले मात्रै ब्राजिलमा आयोजना गर्ने निर्णय भए पश्चात् अहिले उक्त प्रतियोगिता ब्राजिलमा सञ्चालन भैरहेको छ ।


अर्जेन्टिना र चिलीबीचको खेल हुनुअघि डिएगो म्याराडोनाको सम्झनामा आतिवाजी गरिएको थियो । म्याराडोनाको गत नोभेम्बरमा निधन भएको थियो ।