काठमाडौं –पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

खनालको सचिवालयका अनुसार केही दिनदेखि उहाँलाई ज्वरो आएको थियो । खनाललाई यसअघि कोरोना सङ्क्रमण भई कोरोनामुक्त भएर घर फर्किनु भएको थियो ।

अहिले उहाँको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ । प्रारम्भिक परीक्षणका क्रममा खनालमा रगतको कमी देखिएको बताइएको छ ।