बाग्लुङ– अबिरल वर्षापछि आएको बाढीको कारण बाग्लुङ जिल्लाकोे बडिगाड गाउँपालिका–७ मा आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा बाढी र पहिरोले गर्दा विस्थापित आठ घरपरिवार अहिले आफन्त र गोठमा आश्रय लिएर बसेका छन् ।

जथाभाविरुपमा खनिएको सडक र भिणण वर्षाले गर्दा घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, खिमबहादुर दमाई, गम्मरसिं गुरुङ, भूपाल गुरुङ, शेरबहादुर रोकाकोलगायत आठ घर बस्नै नमिल्ने बाढी र पहिरोले क्षति पु¥याएको छ ।

विस्थापित भएका गम्मरसिं, भूपाल, शेरबहादुर र नरबहादुर आफन्तको घरमा आश्रय लिएका छन् भने चार दलित परिवार गाउँको खाली गोठमा बसेका छन् । बडिगाड गाउँपालिका—७ का अध्यक्ष कृष्ण गुरुङका अनुसार एकसातादेखि आएको अविरल वर्षात्हुँदा पहिरोसहितको बाढीले ती परिवारहरु विस्थापित भएका हुन् । विस्थापित हुनेमध्ये दलित परिवारको आर्थिक अवस्था त्यादै दयनीय रहेका वडाध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

बाढी र पहिलोका कारण आफूहरु विस्तापित हुनुपर्दा ठूलो समस्यामा परेको नरबहादुर दमाइले बताए । ति विस्थापित दलित परिवारलाई तत्कालका लागि गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरिएको भएपनि उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको र स्थानीय सरकारले गर्न सक्ने सहयोग गरिने वडाध्यक्ष गुरुङले बताएका छन् ।

देशमा मनसुन सुरुभएसँगै विशेषगरी पहाडी भू–भागमा पहिरो जाने र धनजनको क्षति हुँदै आएको छ । गतवर्ष मात्रै बाढी र पहिलोमा परेर चार सयभन्दा बढीले ज्यान गुमाएका थिए भने ठूलो धनजनको क्षति भएको थियो ।