फ्रेन्च ओपन महिला टेनिसको उपाधी बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले चुम्न सफल भइन । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा बार्बोराले फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराएर फ्रेन्च ओपन महिला टेनिसको उपाधी हात पारेकी हुन् । शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । बार्बोराले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्नालाई समर्पित गरिन् ।

सन् २०१७ मा ४९ वर्षको उमेरमा नोभोत्नाको क्यान्सरका कारण निधन भएको थियो । फ्रेन्च ओपन महिला टेनिसको उपाधी हात पारेकी बार्बोराले भनिन् ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्लाभ जितेको भनेर मलाई विश्वास छैन । मैले जानासँग उनको निधनअघि धेरै समय बिताएँ । उनले मलाई टेनिसमा मज्जा लिनु र ग्रान्ड स्लाम जित्न प्रयत्न गर्नु भनेकी थिइन् । मलाई थाहा छ उनले मलाई हेरिरहेकी छिन्,’ बार्बोराले भनिन् । नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्लाभ जितेको भनेर मलाई विश्वास छैन । मैले जानासँग उनको निधनअघि धेरै समय बिताएँ । उनले मलाई टेनिसमा मज्जा लिनु र ग्रान्ड स्लाम जित्न प्रयत्न गर्नु भनेकी थिइन् । उपाधि जितेसँगै अब बार्बोरा विश्व वरियताको शीर्ष १५ भित्र आउनेछिन् ।