युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेल हुनेछन् । आजहुने खेलमा समूह सी का दुई र समूह डी को एक खेल हुँदैछ । नेपाली समय अनुसार समूह डी अन्तर्गत आज साँझ पौने ७ बजे इङ्ल्यान्ड र क्रोएसिया भिड्ने छन् भने समूह सी अन्तर्गत राती पौने १० बजे अस्ट्रेलिया र नर्थ मेसेडोनियाबीच खेल हुनेछ । त्यसैगरी राती पौने १ बजे समूह सी का नेदरल्यान्ड र युक्रेन बीच प्रतिस्पर्धा हुनेछ ।

शनिबार राती वेल्स र स्विट्जरल्यान्डबीच भएको खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै अर्को खेलमा रुसलाई पराजित गर्दै बेल्जियम विजयी भएको थियो । शनिबार नै भएको अर्काे खेलमा भने फिनल्यान्डले डेनमार्कलाई पराजित गरेको थियो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन घाइते भएपछि डेनमार्क र फिनल्यान्डबीचको खेल झण्डै डेढ घण्टा रोकिएको थियो ।