कास्की– गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित तीन जना मन्त्रीहरुले आजै सपथ लिने भएका छन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका अनुसार आज सपथ लिने मन्त्रीहरुमा जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक गुरुङ र नेकपा माओवादी केन्द्रका एकजना रहेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्रीसहित तीन जनालाई आजै मन्त्रीमा शपथको तयारी छ । दीपक गुरुङ यस अघिपनि पृत्थीसुब्बा गुरुङको मन्त्रिमण्डलका सदस्य थिए । उनले पृथ्वीसुब्बा गुरुङलाई छोडेर गठबन्धनमा लागेका हुन् । मन्त्रिमण्डलको विस्तार एक दुई दिन भित्रै गरिने स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद्मा राष्ट्रिय जनमोर्चा पनि सहभागी हुने सम्भावना छ ।