कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आनाकानी गर्दा अन्योलता बढ्दै गएको छ । पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली गर्न माग गर्दै ३१ जना सांसदले हस्ताक्षर सहित स्वय प्रदेश प्रमुख सिता पौडेलसमक्ष उपस्थित भए थिए । मुख्यमन्त्री नियुक्तिको लागि २४ घण्टे समय सीमा तोकेकी पौडेलले पृथ्वीसुब्बा गुरुङ बाहेक अरुलाई मुख्यमन्त्री बनाउन नचाहेकोले समस्या उत्पन्न भएको छ ।

विश्वासको मत नपाएका पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल आफूलाई समर्थन गरेका ३१ जना सांसदको दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् । प्रदेश प्रमुख पौडेल भने आफु बिरामी भएको कारण देखाएर २४ घण्टाको सीमा पार गराउने र पुनः विभिन्न जालझेल गरेर पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्री बनाउने षडयन्त्रमा लागेको आरोप छ ।

६० सदस्यीय प्रदेशसभामा ३१ जना सांसद बहुमतको हस्ताक्षर बुझाएका नेपालीलाई स्वभाविक रुपमा नियुक्ति हुनुपर्ने दाबीसहित मुख्यमन्त्रीको कार्यालय पुगेका हुन् । नेपालीलाई काङ्ग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र सांसदसहति ३१ सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि उनलाई समर्थन रहेको छ ।

गुरुङले एमालेका २७ र जनमोर्चाका एक सांसदको हस्ताक्षरसहित दाबी गरेका हुन् । मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिउँसो ३ बजेसम्मको समय दिएका थिइन् । संविधानको धारा १६८ (५) को मुख्यमन्त्रीमा दुवै पक्षले दाबी गरेपछि केन्द्रको घटना गण्डकीमा पनि दोहोरिने सम्भावना बढेको छ ।
प्रधानमन्त्री ओलीका विश्वास पात्र निर्वतमान मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुखले केन्द्रमा जसरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्ने जुन हर्कत गरेका थिए, गण्डकी प्रदेशमा पनि सोही घटना पुनरावृत्ति भएको छ ।