काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटाली आपैंm गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफ सुरु भएको केही मिनेट पछि अर्थात् ५३ औ मिनेटमा टर्कीका मेरिह देमिरालले इटालीलाई उपहार स्वरुप आत्मघाती गोल गरे । खेलको ६६ औं मिनेटमा इटालीका लागि चिरो इमोबिले र ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गरी जितको सुनिश्चित गरे । सन् २०१८ को सेप्टेम्बर यता इटाली लगातार २८ खेलमा अपराजित रहेको छ । पहिलो हाफमा दबाब बनाए पनि गोल गर्न नसकेको इटालीले दोस्रो हाफमा गएरमात्र गोल गरेको हो । आउँदो बुधबार टर्कीले वेल्स तथा इटालीले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छन् ।