जनकपुरधाम – धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । आज शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ ।

बालबालिका डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले, ‘पोखरीमा खोजी अझै भइरहेको बताउनु भएको छ ।’ बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।