काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबारका लागि ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको मूल्य रु ९४ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजावी सुन तोलमा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ७० रुपैयाँ तोकिएको छ ।