नेपालगञ्ज – बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेज अस्पताल र भरी अस्तालमा गरी कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ की ४२ वर्षीया एक महिलाको कोहलपुर मेडिकल कलेजमा र दाङकै राजपुर गाउँपालिका वडा नं. १ का ७७ वर्षीय एक पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी अर्का मृत्युहुनेमा बाँके खजुरा गाउँपालिका वडा नं. ३ का ८० वर्षीय पुरुषको भेरी अस्पतालमा मा मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित भै मृत्यु हुनेको सङ्ख्या ३ सय ६ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्युहुनेको सङ्ख्या ३ सय ३० जना पुगेको छ । बाहिरी जिल्लाको मृतकमा दाङ जिल्लाका धेरै रहेका छन् ।