आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर फाइनलमा पुग्नेछन् ।
अघिल्लो चरणमा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलल युरोकपको उपाधि जितेको थियो । पोर्चुगलले फाइनलमा फ्रान्सलाई १–० गोलले हराएर गत संस्करणको उपाधि जितेको थियो । आज पहिलो दिन एउटा मात्र खेल हुनेछ । आज हुने पहिलो खेल इटली र टर्की बीच हुने छ । प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन् ।