बेलायतले गरिब देशहरुलाई कोरोना भाइरस विरुद्धको १० करोड खोप दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने बताउनु भएको छ ।

बेलायामा हुनलागेको जी–७ राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई चाहिनेभन्दा बढी रहेका १० करोड खोप अर्को वर्षसम्म वितरण गरिसक्ने अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । प्रधामन्त्री जोनसनले बेलायतको खोप कार्यक्रमको सफलताका कारण आफूसँग रहेका अतिरिक्त सङ्ख्याका खोपहरू दिनसक्ने अवस्थामा रहेको बताउनु भएको छ । आगामी सेप्टेम्बरसम्म ५० लाख डोज खोप विभिन्न मुलुकलाई उपलब्ध गराउने र बाँकी खोप एक वर्षभित्र वितरण गरिने जनाइएको छ ।