काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न लागेको हो ।

नेपाल र अष्ट्रेलियाबीच आज हुने खेल दोस्रो भेट हो । यसअघि नेपालले अस्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको थियो । नेपाल समूहमा ७ खेलबाट ६ अङ्क जोडेर चौंथौ स्थानमा छ भने अस्ट्रेलिया ६ खेलबाट १८ अङ्कसहित शीर्ष स्थानमा छ । नेपालले ७ खेल खेलेर पनि अङ्क जोड्न नसकेको चाइनिज ताइपेईविरुद्ध मात्र दुवै जित हात पारेको थियो । चाइनिज ताइपेई यो समूहको पाँचौँ तथा अन्तिम स्थानमा छ । नेपालको समूह ताइपेई र अस्ट्रेलियाबाहेक जोर्डन र कुवेत पनि थिए ।

समूहको विजेता टोली र ८ वटा समूहका चार वटा मात्र उपविजेता टोली तेस्रो चरणमा पुग्ने भएकाले नेपालको आशा एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने लक्ष बोकेर कुवेत पुगेको थियो । विश्वकपको एसियाली छनोटको तेस्रो चरणमा पुग्ने टोलीहरु एसिया कपका लागि पनि छनोट हुने र बाँकी उपविजेता टोली र तेस्रो स्थानका टोली एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने व्यवस्था भएकाले नेपालको प्रयास एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने सपना थियो । तर यो सम्भावना पनि त्यादै न्यून छ ।

नेपालको अन्तिम आशा भनेको समूहको चौथो स्थानमा रहेर एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने भन्ने थियो । तर त्यसमा पनि ८ वटा समूहका सर्वोत्कृष्ट चार वटा चौथो टोलीमा पर्नु पर्ने थियो । तर नेपाल नेपालको लागि दुर्भाग्य के भैदियो भने अर्को समूहमा उत्तर कोरियाले नखेल्ने भएपछि हरेक समूहमा पाचौँ तथा अन्तिम स्थानका टोलीविरुद्ध प्राप्त जितले सर्वोत्कृष्ट चार उपविजेता र चार वटा चौंथो टोली छनोटका लागि मान्यता नपाउने प्रावधान राखियो । यसले नेपालको एसिया कपको लागि ढोका बन्द प्राय भएको छ ।

समूहमा नेपालले हात पारेका दुवै जित पाचौँ स्थानको चाइनिज ताइपेईविरुद्ध भएकाले अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्न प्ले अफ खेल्नुपर्ने सम्भावना भने कायमै छ । ८ वटा समूहका ८ वटा चौंथो टोलीमध्ये नेपाल सातौं स्थानमा छ । त्यसैले नेपालले आज अस्ट्रेलियासँग खेल्दा दबाब महसुस नगरी खेल्ने छ । नेपालले पछिल्लो समय नयाँ प्रशिक्षक पाएपछि खेलमा नयाँ परिर्वतन देखिएको छ । सधैं रक्षात्मक खेल्दै आएको नेपालले आक्रामक खेल्ने रणनीति लिएर विपक्षीको पोष्टमा बल पुर्याउन थालेको छ । खेलमा छोटा छोटा पास खेलेर बललाई आफ्नो नियन्त्रणमा राख्ने कोशिस गर्न थालेको छ ।

शारीरिक रुपमा पनि साना कदका देखिने नेपाली टोलिलाई कुवेतको तापक्रमले पनि साथ दिएको छैन । यद्यपि, राम्रो खेल प्रर्दशन गर्ने प्रयत्न नेपालले गर्न थालेको छ । नेपाली टोलीलाई विश्वकप खेलिरहेको टोलीसँग फेरि एकपटक अनुभव बटुल्ने मौका मिलेको छ । यस यस अधि नेपालले सन् २०१९ अक्टोबरमा अष्ट्रेलियासँग पहिलो पटक उसैको भूमिमा खेलेको थियो । जसमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिइने बताएका छन् । त्यसोत अष्ट्रेलियाली टिमका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली खेलाडी मिहिनेती भएको नेपालले फरक शैलीमा खेलेको र पछाडीबाट खेल बनाउने तरिकाले खेल्न थालेको बताएका छन् । अष्ट्रेलियाली टिमका प्रशिक्षक ग्राहम आर्नोल्डले भने हामी नेपाली टिमलाई सम्मान गर्दछौं ।