पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका हुन् ।

गएराती भएको सेमिफाइनलमा २५ वर्षीया क्रेसिकोभाले सङर्षपूर्ण खेलमा मारिया सक्कारीलाई ७–५, ४–६ र ९–७ को सेटमा हराइन् । क्रेसिकोभा र पेभ्ल्युचेन्को पहिलोपटक कुनैपनि ग्रान्डस्लामको फाइनलमा पहिलोपटक पुगेका हुन् । यसअघि २९ वर्षीय पेभ्ल्युचेन्कोभाले स्लोभानियाकी खेलाडीलाई हराएकी थिइन् । क्रेसिकोभा यसअघि कुनैपनि ग्रान्डस्लाममा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् ।