काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका प्राय अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ । आज शुक्रबार साँझ पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।