काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६ सय ८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमित हुनेको संख्या १७ हजार ७ सय १४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।
यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।