काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से सूचक ४५ दशमलव २५ अङ्कले घटेर २ हजार ७ सय ८२ दशमलव ६८ विन्दुमा आइपुगेको छ । २ सय १८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लाख बराबरको सेयर कारोबार भएको हो । ३ कम्पनीको ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । 
म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ । आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो । खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।