नेपालगञ्ज– बाँके जिल्ला प्रशासन कार्यालयले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा लागि लम्ब्याएको उक्त कार्यालयले जनाएको ।कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । उक्त समय आज मध्यरातबाट सकिने भएकोले निषेधाज्ञा पुनः जारी गरेको हो । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती निकालेको छ ।