काठमाडौं – एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियो । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने भएको छ । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ ।
उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्री बन्द गरिएको हो । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६५ भन्दा बढी रकमको प्रतिवद्धता गरिसकेको छ । बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । उपर्युक्त ऋणपत्र आह्वान गर्नुको मुलभूत उद्देश्य वास्तविक अर्थ व्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिवद्धता अनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्नु रहेको बताइएको छ ।