काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरिक्षक–डीआईजी रमेश खरेल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण गम्भीर बिरामी हुनुभएका खरेल सङ्क्रमणबाट मुक्त भए पछि हिजो अस्पतालबाट डिस्चार्ज भै घर फर्किनु भएको हो ।


सङ्क्रमणका कारण पूर्वडीआईजी खरेललाई निमोनिया भएको थियो । घरमै आइसोलेशनमा बस्नुभएका खरेलको फोक्सोमा गम्भीर समस्या देखिएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो । पूर्वडीआईजी खरेललाई दुई हप्ता अघि आईसीयूमा राखेर उपचार गरिएकोे थियो ।