कञ्चनपुर –नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो ।“पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ”, कार्य समितिका सचिव राजेन्द्रप्रसाद अवस्थीले भने, “कोषमा रकम जम्मा गर्नका लागि सबैको साथ चाहिएको छ ।”
कोषमा सहयोग गर्नका लागि व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, शिक्षक, कर्मचारी, समाजसेवीसँग अनुरोध गरिएको उनले बताए । महासङ्घद्वारा स्थापना गरिएको कोषमा आर्थिक सहयोग गर्न इच्छुकहरुले एनएमबी बैंक शाखा महेन्द्रनगरमा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका नाममा रहेको चल्ती खाता नं ०९८०१२९०५८२०००११ मा रकम जम्मा गर्न सकिनेछ ।