काठमाडौं –हप्ताको पहिलो आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आंकलन थियो । बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अङ्कमा पुगेको छ । अझ सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।