काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष तथा नेता उज्ज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग सरकारले गर्ने तयार गरेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्थाबारे विशेष चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको हो । पोखरेलले आइतबार अध्यक्ष थापाका आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ । 
 ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भन्नु भएको छ ।  उपप्रधानमन्त्री पोखरेलले आजै थापा उपचाररत मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोन गरेर स्वास्थ्य अबस्था बारे जानकारी समेत लिनु भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।