काठमाडौं – आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर छोड्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गर्नु भएको छ । बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन आज आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्नु भएका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएकोले कार्यान्वयनमा कुनै दुविधा नहुने बताउनुभयो । सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइएता पनि संविधान मुताविक नै ल्याइएको बताउनुभयो ।