काठमाडौं – कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेका नेपाली जनतालाई विदेशमा रहेका नेपाली र विदेशी निकायहरुले सहयोग गर्न थालेका छन् । यसैक्रममा थाइल्याण्डका राजाले पनि नेपाललाई मेडिकल सामग्री पठाएर आफ्नो मनोकारी भावना देखाएका छन् ।
थाइ राजाद्वारा पठाइएको मेडिकल सामग्री लिएर थाइल्याण्डको रोयल थाइ एयरफोर्स विमान आइतबार बिहान १० बजे नेपाल आइपुगेको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएकोे छ ।

प्राप्त सहयोग सामग्री नेपालका लागि थाइ राजदूतले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई विमानस्थलमा हस्तान्तरण गरेका छन् । पछिल्लो समय बेलायत लगायत अन्य देशहरुले नेपाललाई मेडिकल सहयोग सामग्री उपलब्ध गराइरहेका छन् ।