भियतनाम – भियतनाममा पछिल्ला केही हप्तादेखि नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि चिन्ता थपिएको छ । भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । 
भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताउनु भएको छ । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु सङ्क्रामक देखिएका छन् । स्वास्थ्य मन्त्री थान लङ्गले भन्नु भएको छ, ‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो ।’