इराकसँगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रङ्गशालामा भएका मैत्रीपूर्ण खेलमा घरेलु टोलीले नेपालविरूद्ध ६–२ गोल अन्तरको फराकिलो जित निकाल्यो ।  खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर  त्यसलाई लामो समय जोगाउन सकेन । शनिबार राति बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा घरेलु टोली विजयी भएको हो । इराकका अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक÷एक गरे ।
   खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो । आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औँ मिनेटमा नेपालका लागि गोल गरे । नेपालका मनिष डाँगीले एक तथा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल ६–२ को नतिजामा पुग्यो । २–१ ले पछि परेको इराक ४० मिनेटमा खेलमा फर्कियो ।