काठमाडौं– सरकारले आज अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वजनिक गरेको छ । गत वर्षको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २ दशमलब १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । देशमा कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण आर्थिक वृद्धि ऋणात्मक हुन पुगेको मन्त्री पौडेलले उल्लेख गरेका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री पौडेलले अहिले आगामी आर्थिक वर्ष २०७८÷७९ को आय र व्ययको विवरण प्रस्तुत गरिररहेका छन् ।


सरकारले आगामी साउन महिनादेखि लागु हुनेगरी सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरेको छ । ज्येष्ठ नागरिकलाई यस अघि मासिक रुपमा दिंदै आएको रु. ३ हजारमा १ हजार बृद्धि गरी मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्ता बृद्धि गरिएको घोषणा गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको छ ।