युएई– भारतको चर्चित क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग’ का कोरोना महामारीबाट रोकिएका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ । इन्डियन प्रियियर लिग भैरहेको बेला भारतमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएपछि खेलहरु स्थागित भएका थिए । बाँकी खेलहरु सञ्चालन गर्न बिसिसिआईको विशेष साधारणसभाबाट निर्णय गरिएको हो ।


बिसिसिआईका सबै सदस्यहरु आइपिएलका बाँकी खेलहरु युएईमा गर्न सहमत भएका हुन् । यसअघि केही टिमका खेलाडीहरुमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि महामारीलाई मध्यनजर गरेर आइपिएलका खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो । जारी आइपिएलका पहिलो चरणका २९ खेल भएका छन् । अब ३१ खेल हुन बाँकी छ ।