काठमाडौं – सरकारले कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्व ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै, कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले २०७८/७९ सालको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक बर्षभित्र सबै नेपाली नागरिकलाई निशुल्क खोप दिन सरकारले २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ ।