काठमाडौं – सरकारले आज जेठ १५ मै अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोभिड–१९ सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले आज शनिबार अपह्रान्न ४बजे सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो ।
जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ ।