काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार १ सय ९६ डलर पुग्ने जनाएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रतिव्यक्ति आय १ हजार १ सय ९६ डलर पुग्ने बताउनु भएको हो । शुक्रबारको विदेशी विनिमयदरका आधारमा यो रकम १ लाख ३८ हजार ७ सय ३६ रुपैयाँ हो ।
तथ्याङ्क विभागले यसअघि प्रतिव्यक्ति आय १ हजार १ सय १९ डलर रहेको जनाएको थियो । सरकारले चालु वर्षको आर्थिक तथ्याङ्कहरू सकारात्मक रहेको दाबी गरेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।