काठमाडौं – कोरोना सङ्क्रमणका कारण विवेकशील पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ । केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएपछि ह्याम्स अस्पताल भर्ना भएका थापालाई त्यसपछि ग्रान्डी हुँदै शुक्रबार मेडिसिटी अस्पताल ल्याइएको छ । स्वास्थ्य अवस्था जटिल बनेका कारण उहाँलाई मेडिसिटी ल्याइएको जनाइएको छ ।