काठमाडौं – सरकारले भोलि जेठ १५ गते अध्यादेशमार्फत् आर्थिक वर्ष २०७७÷७८ को बजेट ल्याउँदै छ । त्यसको अघिल्लो दिन आज शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस सङ्क्रमको महामारीले गर्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकिने बताउनु भएको छ । कोरोना भाइरस सङ्क्रमको महामारीले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताउनु जिकिर गर्नु भएको छ । भोली अध्यादेशमार्फत् ल्याउन लागिएको बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्री पौडेलले आज आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

मुलुकको आ.व. २०७६÷७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । यसअघि केन्द्रीय तथ्याङ्क विभागले चालु आ.व.मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने समेत प्रक्षेपण गरिएको थियो ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा बोल्दे अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञा अघिसम्म देशको आर्थिक वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको भन्दै अहिले कोरोना भाइरस सङ्क्रमणका कारण केही समस्या सिर्जना गरेको बनाउनु भयो । सचिव ढुङ्गानाले ‘मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौं, तर निषेधाज्ञाले त्यो लक्ष्य प्राप्तिमा धक्का लागेको बनाउनु भयो ।
सरकारले अध्यादेशमार्फत् भोलि आर्थिक वर्ष २०७७।०७८ को लागि १६ खर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दैछ । यो बजेट विशेष गरी घुमाउरो किसिमले मतदाताहरुलाई आकर्षित गर्ने किसिमले ल्याउन लागिएको छ । पूँजीगतभन्दा साधारण खर्चतर्फ बजेटको व्ययभार बढ्ने अर्थविद्हरुको भनाइ छ । सामाजिक सुरक्षा भत्ता, कर्मचारीको सेवा सुविधा वृद्धि र निवृत्तिभरणमा आर्थिक व्यवभार बढ्न जाने देखिएको छ । देशका अर्थविद्, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, राजनीतिक दललगायत, अन्य बुद्धिजीवीहरुले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकोले सरकारलाई अध्यादेशमार्फत् बजेट नल्याउन आग्रह गरेका थिए ।