काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।– रासस