काठमाडौं– पहेंलो महङ्गो धातु सुनको मुल्यमा उतारचढाव आइरहेको छ । हिजो बुधबार स्थिररहेको सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छ । यो छापावाल सुनको मूल्य हो । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोे छ । आज बढेको सुन भाउसँगै जेठ महिना लागे पछिको यो उच्च मूल्य हो ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।