काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित सहायकरथी केसीको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।


झण्डै एक महिना अघिदेखि बिरामी सहायकरथी केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । नेपाली सेनाको लगनखेलस्थित १३ नम्बर बाहिनीका प्रमुख हुनुहुन्थ्यो ।