स्पेनिस क्लब भिल्लारियलले युरोप लिगको उपाधी हात पारेको छ । बुधबार राति भएको फाइनल खेलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै उपाधी चुमेको हो ।

निकै प्रतिस्पधात्मक फाइनलमा दुबै टिमले १–१ गोल गरेका थिए । निर्धारित र थप गरिएको समयमा १–१ गोलको को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । भिल्लारियलका लागि मोरेनो २९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई ५४ मिनेटसम्म अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा त्यो अग्रतालाई तोड्दै म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले गोल गर्दै खेलमा म्यानुलाई खेलमा फर्काए थिए ।

दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जस्मा भिल्लारियललाई भाग्यले साथ दिंदै ११–१० ले बाजी मार्यो । भिल्लारियलको इतिहासमा यो नै उसको पहिलो ठूलो उपाधी हो ।