फिलिपिन्सको एउटा चर्चमा आज दुई वटा बम विस्फोट हुँदा २७ जना मारिएका छन् । दक्षिणी फिलिपिन्सको रोमन क्याथोलिक क्याथेड्रलमा भएको उक्त विस्फोटमा परी दर्जनौं घाइते समेत भएका छन् । जोलो प्रायदिपमा रहेको सो चर्चमा भक्तजनहरु रहेको बेलामा पहिलो विस्फोट भएको थियो । उक्त क्षेत्रमा मुश्लिम कट्टरपन्थीको वर्चश्व रहेको मानिन्छ । अर्को बम भने कार पार्क गरिएको स्थानमा गराइएको थियो । यो समाचार तयार पार्दासम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी भने लिएको छैन । स्थानीय अधिकारीहरुका अनुसार पहिलो विस्फोट स्थानीय समय अनुसार आज बिहान ८ः४५ बजे भएको थियो । अधिकांश पीडितहरु सर्बसाधारण मानिस रहेको बताइएको छ  । – एजेन्सी