काठमाडौं – आज २५६५ औं बुद्ध जयन्ती । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनचाँदीको मूल्य यथावत नै कायम गरिएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।  त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।